परिचय
सामाजिक संस्थाको रूपमा मिति २०६७ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता न. १०५७ बाट स्थापित लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान समाजकल्याण परिषदमा आबद्धता न. ३३३६२ बाट आबद्ध भई क्रियाशील रहेको छ । हाल यसको सम्पर्क कार्यालय सभक्तिमार्ग, सिफलचौरमा रहेको छ ।
उद्देश्य
यस प्रतिष्ठानको मुख्य उद्देश्यहरु निम्न रहेका छन् ।
- गैरसरकारी संस्थाको रूपमा राष्ट्रको विकास र समृद्धिमा आफ्नो तर्फबाट सहयोग पुर्याउने
- पितामाताको नाममा विभिन्न अक्षय कोषको स्थापना गरी विशेषत शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउने व्यक्ति, सङ्घसंस्था वा समूहलाई सम्मानित र पुरस्कृत गर्ने ।
- प्रतिष्ठानले विभिन्न स्थानमा धर्मशाला वा पाटिपौवा, कुलो पानी वा ग्रामीण विकासका कार्यक्रमहरूका लागि आवश्यक सहयोग गर्ने, गराउने ।
- शिक्षा र स्वास्थ्य सेवामा पहुँच नभएकाहरूलाई पनि न्यूनतम सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने ।
- राष्ट्रिय जीवनका विविध क्षेत्रहरूमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूको उचित सम्मान गर्दै जाने ।