Awards/Scholarships

पुरस्कार तथा सम्मानको स्थापना

 

पुरस्कार तथा सम्मान प्रदान गर्नका निम्ति व्यक्ति तथा संस्थाको नाम सिफारिस गर्न हरेक वर्ष पुरस्कार छनोट सिफारिस समितिबाट प्राप्त नामावलीलाई प्रतिष्ठानको सञ्चालक समितिले छनोट गरी घोषणा गरिनेछ ।

पाँचवटा विषयगत क्षेत्रमा प्रदान गरिने पुरस्कारको राशी अर्को निणर्य नभएसम्मका लागि आ. व. ०७४/०७५ मा रकम वृद्धि गरी जनही रु. १,००,०००/— (एक लाख रुपैंया“ का साथै सम्मानपत्रबाट सम्मानित गरिनेछ ।

प्रतिष्ठानको विधानको परिच्छेद २ को दफा ४ बमोजिम संस्थाको उद्देश्य परिपूर्तिको लागि स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट समाजसेवी लीलाराम न्यौपानेको जन्मजयन्ती चैत्र २९ गतेलाई लक्षित गरेर निम्नानुसार सम्मानहरु प्रदान गरिने छ ।

पुरस्कार तथा सम्मानको स्थापना
  • लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा सम्मान
    समाजसेवाको क्षेत्रमा समर्पित भई निरन्तर क्रियाशील समाजसेवीलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने स्वास्थ्यसेवा सम्मान
    स्वास्थ्यसेवाको क्षेत्रमा महङ्खवपूणर् योगदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने शिक्षासेवा सम्मान
    नेपाल राष्ट्रभरिका विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान
    पत्रकारिताका क्षेत्रमा क्रियाशील (प्रिन्ट मिडिया र विद्युतीय मिडिया) मा कार्यरत व्यक्तित्वलाई प्रदान गरिनेछ ।
  • लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान
    खेलकुद क्षेत्रमा क्रियाशील उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ ।