About Lilaram Neupane

वरिष्ठ समाजसेवी एवं कर्मयोगी लीलाराम न्यौपानेको जन्म वि.सं. १९८५ चैत्र २९ गते
बिहीबार गुल्मी जिल्लाको हुँगा ८ झेर्दी थुम्कामा भएको थियो । गायत्रीदेवी न्यौपाने र
विश्वराम न्यौपानेका कान्छा छोरा लीलारामको बाल्यकाल म्यान्मार (बर्मा को पोष्ट नाम्टू
सेखौ भन्ने स्थानमा बडो कष्टपूणर् रूपमा बितेकोले औपचारिक शिक्षाको डिग्री प्राप्त गर्न
सक्नुभएन । लीलाराम जन्मिएको ९ महिनामा पिता र १० वर्षमा माताको निधन हुँदा उहाँले
बाल्यजीवनमा अनेकौं बिध्नबाधाहरू सामना गर्नुपर्‍यो । त्यसमाथि दोस्रो विश्वयुद्धको क्रममा
तत्कालीन बर्मामा नेपालीहरूले धेरै दुःख पाए । धेरै मारिए, बस्तीहरू उजाडिए, कोही
नेपाल फर्किए तर लीलाराम गाँउलेहरूको साथमा १ वर्षजति कष्टपूणर् रूपमै जङ्गलमा
लुकेर आनो प्राण बचाउन सफल हुनुभयो । यसरी बाल्यकालमै जीवनसँग सङ्घर्ष
गर्न सिक्नुभएका लीलाराम केही समय अमेरिकी सैनिक छाउनीको हस्पिटलमा जागिरे
बन्नुभयो । केही वर्षपछि जागिर छोडी आफैले व्यापारव्यवसाय सुरु गर्नुभयो । त्यस बेला
नेपालीले पशुपालन व्यवसाय गरेकाले उहाँले दूध, मक्खनको व्यवसाय चलाउनुभयो । यही
व्यवसायको सुरुवातले गर्दा नै उहाँलाई एउटा सफल व्यवसायी बन्ने प्रेरणा मिल्यो ।

लीलाराम न्यौपानेका जिजुबाजे लक्ष्मीपति र बाजे देवपति आनो जीवनको उत्तराद्र्धमा
तपस्वी बनी कुटीमा नै देहत्याग गरेकोले गाउँघरमा अझै पनि वहाँहरूलाई तपस्वीको
सन्तान भनिन्छ । यसरी पुर्खाहरूको धार्मिक तथा सामाजिक स्वभाव लीलाराममा पनि
परेकोले बर्मामा बस्दा कलिलो उमेरदेखि सामाजिक कार्यमा हातबढाउनु भएको थियो ।
वहाँ शंखाई (शिव) मन्दिरको सञ्चालक सदस्य, इन्डिया पब्लिक स्कुलको सञ्चालक
समिति सदस्य साथै गोर्खा एसोसिएसन, भारतीय नेपाली सिटिजनजस्ता संस्थासँग आबद्ध
हुनुहुन्थ्यो ।

सधैं फुर्तिलो, जाँगरिलो, हँसिलो, निडर, परिश्रमी, स्वावलम्बी, मृदुभाषी व्यक्तित्वका धनी
लीलाराम २३ वर्ष उमेरको हुँदा हिन्दु मन्दिरमा पाकघर निर्माणको लागि चन्दा सङ्कलन
गर्ने क्रममा अस्पतालका स्वीपर पदको कर्मचारी पुरन सिंहले हरेक महिनाको पुरै तलब
विभिन्न सामाजिक सङ्घसंस्थालाई दान दिने गरेको घटनाबाट प्रेरणा प्राप्त गरी उहा“ले
आफूले कमाएको केही अंश रकम दान गर्न सुरुवात गर्नुभयो । यसरी दान गरेको रकमको
कारणले वहाँमा थप ऊर्जा थपिन गयो । व्यापारव्यवसायमा झन् राम्रो भएको अनुभूती मिल्न
गएको बताउनुहुन्थ्यो ।

वि.सं. २०१४ सालमा बर्मामा आयुर्वेद चिकित्सक धनञ्जय खरेलकी छोरी कुन्ती देवीसँग
विवाह बन्धनमा बाँधिनुभएका लीलाराम ६ सन्तान (छोरीहरू सावित्री, शोभा र छोराहरू
हरि, दुर्गा, विष्णु र शशी) बाट भरिपूणर् हुनुहुन्थ्यो । एउटा अनाथबाट एउटा सफल व्यक्तित्व
बन्न सफल लीलाराम न्यौपानेको मार्गनिर्देशनबाट परिवारका सदस्यहरूले अम्बे ग्रुप तथा
सौरभ ग्रुपको नामबाट विभिन्न उद्योग व्यवसायहरु संचालन गर्नुभएको छ । आनो मातृभूमि
सबैलाई प्यारो लाग्छ, यही कारणले लीलारामले पनि वि.सं. २०१८ सालमै भैरहवामा केही
जग्गा खरिद गरिसक्नुभएको थियो । वि.सं. २०२० सालतिर बर्मामा जनरल नेविनले सत्ता
कब्जा गरेपछि तत्कालीन मुद्रा नचल्ने भयो । एक, दुई, पाँच, दश र बीसदेखि माथिका सबै
नोटहरू राष्ट्रियकरण गरियो । पिदुपाई (राष्ट्रियकरण) गरिएका सबै नोटहरू सरकारलाई
बुझाउनुपर्ने भयो । ४०∞ फिर्ता दिने भनिए तापनि विदेशीहरूमाथि बक्रदृष्टि राखियो ।
त्यसबेला धैरे नेपालीहरू रित्तो हात नेपाल फर्किएका थिए त्यसैले उहाँ पनि भारतको
मेघालय हुँदै वि.सं. २०२५ सालदेखि भैरहवामा स्थायी बसोबास गरी बर्मेलीहरू मिलेर
सामूहिक रूपमा यातायात सञ्चालन तथा व्यापारव्यवसायमा संलग्न रहनुभएको थियो ।
समाज सेवामा पैसा मात्रै नभएर आफै श्रम समेत गरेर सबैको लागि प्रेरणादायी व्यक्तित्वको
भूमिका निर्वाह गर्नुभएका लीलारामले भारत, कतार, सिंगापुर, थाइलैण्ड, बेलायत, बेल्जियम,
जर्मनी, फ्रान्स र पाकिस्तानको समेत भ्रमण गर्नु भएको थियो ।

उहाँ २०५६ सालमा गोरखादक्षिणबाहु चौथोबाट विभूषित हुनुका साथै विभिन्न सङ्घसंस्था,
विद्यालयहरूबाट सम्मानित हुनुभएको थियो । सानो उमेरमा निरोगी भए तापनि ७६ वर्षको
उमेरमा मुटु रोगको उपचार गराउनुभएकोमा वि. सं. २०६१ सालदेखि मृगौला रोगबाट
पिडित भई लगातार ७ वर्षभन्दा बढी हप्ताको ३ पटक डाइलोसिस गराउँदै आउनुभएकोमा
वि.सं. २०६७ साल चैत्र ३ गते बिहीबार अकस्मात यस संसारबाट बिदा लिन पुग्नुभयो ।
हामीबीच उहाँको भौतिक उपस्थिति नभए तापनि उहाँले थालनी गरेका सामाजिक
अभियानहरू पे्ररणाका स्रोतका रूपमा रहिरहनेछन् ।

स्व. लीलाराम न्यौपाने
वि.सं. १९८५ चैत्र २९ बिहीबार – २०६७ चैत्र ३ बिहीबार

लीलाराम जन्मिएको ९ महिनामा पिता र १० वर्षमा माताको निधन हुँदा उहाँले बाल्यजीवनमा अनेकौँ बिध्नबाधाहरू सामना गर्नुपर्‍यो । त्यसमाथि दोस्रो विश्वयुद्धको क्रममा तत्कालीन बर्मामा नेपालीहरूले धेरै दुःख पाए ।