न्यौपाने परिवारद्वारा भानुलाई दुई कोठाको भवन हस्तान्तरण
भैरहवा । ८ माघ २०८०, सोमबार
भैरहवाको भानु माध्यमिक बिद्यालयमा निर्माण भएको दुई सटर सहितको भवन न्यौपाने परिवारले बिद्यालयलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि कुन्ती देवी न्यौपानेले उक्त भवन बिद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।
लिलाराम–कुन्तीदेवी प्रतिष्ठान स्थापना गरि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको यो परिवारले बिद्यालय भवन भने ब्यक्तिगत लगानीमा तयार गरेको हो । १० लाख रुपैया लागतमा तयार भएको भवन बिद्यालयको आय बढाउने गरि ब्यपारीक प्रयोजनमा ल्याईने बिद्यालयका प्रधान अध्यापक मोतीलाल सुवेदीले बताए । उनले २०३३ सालमा स्थापना भएको भानु माध्यमिक बिद्यालयमा स्थापनाकाल देखि नै न्यौपाने परिवारको सहयोग रहदै आएको बताए ।
कार्यक्रममा बोल्दै बिष्णु प्रसाद न्यौपाने ले लिलाराम–कुन्तीदेवी प्रतिष्ठानले स्वास्थ्य र शिक्षामा लगानी गर्दै आएको बताए । उनले नया स्वास्थ्य संस्था र बिद्यालय बनाउनु भन्दा भएकै स्वास्थ्य संस्था र बिद्यालयलाई सहयोग गरि अझ राम्रो बनाउने प्रयास गरिएको बताए ।
भैरहवाको भीम अस्पतालको अकास्मिक कक्ष यसै प्रष्ठिानद्वारा निर्मित भएको हो । अहिले परासीमा पनि प्रतिष्ठानले अस्पताललाई सहयोग गरिरहेको छ । यस बाहेक भैरहवाको बिभिन्न बिद्यालयहरुमा बिद्यार्थीहरुको शैक्षिक अवश्था सुधार्न छात्रवृत्तिमा पनि प्रतिष्ठानले सहयोग गर्दै आएको छ ।
News from: Ujyalosandeshonline 1062+ समाचार ( )