सम्मान समारोह २०७० आयोजना
सम्मान समारोह २०७० आयोजना
कार्यक्रम स्थल – अन्नपूर्ण होटल, दरवारमार्ग, काठमाण्डौं
समय अपरान्ह – ३ बजे देखी ५ बजे
उपस्थिती करिब – ७०० जना
समाजसेवी लीलाराम न्यौपानेको ८५ औं जन्मजयन्तीको अवसरमा लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्धारा आयोजित सम्मान समारोह २०७० मा प्रमुख अतिथीको रुपमा माननिय उपप्रधानमन्त्री तथा संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंद्धारा राष्ट्रिय जीवनका निम्न विधामा समर्पित महानुभावहरु तथा संस्थालाई सम्मान प्रदान गर्नुभयो । जसअनुसार लीलाराम कुन्तीदेवी न्यौपाने स्वास्थ्य सेवा सम्मान २०७० वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई त्यस्तै राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई लीलाराम कुन्तीदेवी न्यौपाने खेलकुद सम्मान २०७० र जेलभीत्रका असाहाय बालबालिकाको शिक्षादिक्षा तथा मानवअधिकार कार्मी समाजसेवी इन्दिरा राना मगरलाई लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा सम्मान २०७० र पत्रकारिता क्षेत्रमा क्रियाशिल इमेज टेलिभिजनका समाचार प्रमुख डा. महेन्द्र विष्ट र कान्तिपुर पब्लिकेशन अन्र्तगत नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याललाई लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मान २०७० का साथै सिद्धबाबा उ.मा.वि. तम्घास, गुल्मीका प्रार्चाय डोरविक्रम श्रीस र श्री स्वामी कार्तिक उ.मा. वि. वाजुरालाई लीलाराम लीलाराम कुन्तीदेवी न्यौपाने शिक्षा सेवा सम्मान २०७० सम्मान पत्र जनही रु. ५१,०००।– (एकाउन्न हजार) का दरले अर्पण गरिएको थियो ।
सो समारोहमा प्रमुख अतिथीको रुपमा उपप्रधानमन्त्री प्रकाशमान सिहंले प्रतिष्ठानको उत्तोत्तर प्रगतिको कामना गर्दै सरकारले एक वर्ष भित्रै संविधान निर्माणलाई पुर्णता दिने कार्यमा लागेको बताउनु भयो । उक्त समारोहमा स्व.लीलाराम न्यौपानेको जीवनी र व्यक्तिको चर्चा गर्दै प्रतिष्ठानको कार्यक्रमले निरन्तरता पाओस् भन्दै भू.पू मन्त्री तथा सभासद दीपक वोहोरा, भू.पू मन्त्री तथा सभासद शैलेन्द्रनाथ शुक्ला, भू.पू. राज्यमन्त्री तथा सभासद भरत शाह, नेपाली कांग्रेसका सचेतक इश्वरी न्यौपाने, सभासद अव्दुल रज्याक र सभासद रामेश्वर प्रसाद ढुङ्गेल समेतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्व र महासचिव विष्णुप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको सो समारोहमा सम्मानित व्यत्तित्वको तर्फबाट प्रा.डा.भगवान कोइरालाले पनि मन्तव्य राख्नु भएको थियो । सोही समारोह श्री स्वामी कार्तिक उ.मा.वि. वाई, बाजुरा , श्री गुरुवानी माई मा.वि. रुपन्देही र श्री जनज्योति प्रा.वि. ज्यामिरे, नवलपरासीमा लीलाराम कुन्तीदेवी न्यौपाने गरिव तथा असहाय छात्रवृति कोष प्रति विद्यालयमा दुई लाख पचास हजारका दरले अक्षयकोष राख्न क्रमस प्र.अ. शक्ति सिहं कठायत, विद्यालय व्यवस्थापन समीती अध्यक्ष सोखा वावा (खेदुप्रसाद गुप्ता) र अध्यक्ष नारायण आचार्यलाई चेक हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षीक गुणस्तर सुधार गर्न श्री रुपन्देही लीलाराम न्यौपाने उ. मा. वि. सिद्धार्यनगर रुपन्देहीमा रु. २५,००,०००।– (पच्चिस लाख)को लीलाराम कुन्तीदेवी अक्ष्ष्यकोष स्थापना र मुटुरोगको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा मा रु. ४,००,०००।– (चार लाख)को लीलाराम कुन्तीदेवी ज्यौपाने असाहाय मुटुरोग उपचार सहयोग कोषको चेक समेत हस्तान्तरण गरिएको थियो ।